नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीमा गण्डकी प्रदेशको विजयी सुरुआत
पाेखरा | असोज २७, २०७९
पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ ।
गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा विहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।
गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिईन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
गण्डकीले दोश्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ औं र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाईन् ।
त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् ।
अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५ औं मिनेटमा गोल थपिन् ।
यसअघि उद्घाटन खेल वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिएपनि जर्सी नआईपुगेपछि गण्डकी र प्रदेश १ बीच प्रतिष्पर्धा गराइएको थियो ।
७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

